जेठ ०६, २०८१, आइतबार
               

काठमाडौंमा आजदेखि भेराेसेलको दोस्रो डोज लगाइँदै

नेपाल फ्ल्यास
भदौ ११, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई शुक्रबारदेखि दोस्रो डोज दिन शुरु गरिएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार गत साउन १४ गतेबाट भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोज दिन थालिएको हो ।

तीन दिनसम्म चल्ने खोप अभियानमा पहिलो डोज लगाएका ५० वर्षभन्दामाथि उमेर समूहका नागरिकलाई खोप दिइने उनले बताए ।

यसैगरी, विश्व विद्यालयका प्राध्यापक एवं विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु, खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिक र यसअघि भेरोसेलको दोस्रो डोज लगाउन छुटेका नागरिकलाई खोप दिइने उनले बताए ।

खोप लगाउन जाने नागरिकले पहिलो डोज लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहितको नम्बरको आधारमा खोप दिइने उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि