जेठ ०६, २०८१, आइतबार
               

हतियारसहित जाजरकोटबाट तीन जना पक्राउ

नेपाल फ्ल्यास
भदौ ११, २०७८

ADVERTISEMENT

जाजरकोट । नलगाड नगरपालिकाबाट एक साताभित्र हतियारसहित तीन व्यक्ति पक्राउ परेका छन् । गए राति जिल्लाको नलगाड–१० कोटी सल्लाका ५६ वर्षीय मोहन विकलाई हतियारसहित प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरीको तेतृत्वमा खटिएको प्रहरीले विकलाई पक्राउ गरेको प्रनाउ थापाले जानकारी दिए । पन्ध्र थान गोलीसमेत फेला पारेको प्रहरीको भनाइ छ । चार दिनअघि मात्र नलगाड–८ मैदे र कुसेनीबाट दुई जनालाई पनि हतियारसहित पक्राउ गरिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि