जेठ ०६, २०८१, आइतबार
               

कर्तव्य ज्यान मुद्दाका फरार ७५ वर्षीय वृद्ध पक्राउ

नेपाल फ्ल्यास
भदौ १०, २०७८

ADVERTISEMENT

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पुतलीबजार नगरपालिका-१४ बस्ने ७५ वर्षीय यमप्रसाद पौडेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत स्याङजाको २०५४ कात्तिक ४ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ६ महिना १२ दिन कैद ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले पोखरामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत स्याङजामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार स्याङजा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि