असोज ०६, २०८१, आइतबार
               

सुदूरपश्चिममा महिलाले गरे बेवारिसेको दाहसंस्कार

नेपाल फ्ल्यास
भदौ १०, २०७८

ADVERTISEMENT

धनगढी । कैलालीमा महिला समूहले महिलाहरुको शव आफैले दाहसंस्कार गरेर रुढीवादी परम्परालाई चुनौती दिएका छन् । पुरानो रुढीवादी परम्परालाई तोड्दै धनगढीमा दृष्टी फाउण्डेसनका महिलाहरुले ११ जना महिलाहरुको शव आफैले दाहसंस्कार गरेका हुन् ।

सुदूरपश्चिममा महिलाले मृत शरीरलाई नछुने परम्परा छ । तर, दृष्टि फाउण्डेसनका महिलाहरुले परम्परा तोड्दै असहाय बेवारीसे मृतक महिलाहरुलाई दागबत्ती दिने र अन्त्येष्टिका सबै काम आफूहरुले गर्दै आएको दृष्टि फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टको भनाइ छ ।

कल्पनासंगै उनको अभियानलाई साथ दिने महिलाहरु पनि संगै लागिपरेका छन् । उनीहरुले सडकमा अलपत्र रहेका महिलाहरुलाई दृष्टि फाउन्डेसनमा आश्रयसमेत दिने गरेका छन् । त्यसका साथै अहिले पनि कयौ असहाय महिलाहरुलाई उनीहरुले लालनपालन गर्दै आएका छन् । 

पुरानो रुढीवादी परम्परालाई चिर्दै समाजमा सकारात्मक परिवर्तन गराउने उद्देश्यले पनि यो अभियान शुरु गरेको महिलाहरुको भनाइ छ । 

 


कस्तो लाग्यो ?

यो पनि