असोज ०६, २०८१, आइतबार
               

पहिरोमा पुरिएर एकको मृत्यु, राजमार्ग अवरुद्ध

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

कर्णाली राजमार्गको कालिकोटको शुभकालिका गाउँपालिका–१ कालेखोलामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । बुधबार बिहान ५ बजे कर्णाली राजमार्गको पहिरोमा च्यापिएर शुभकालिका गाउँपालिका–१ की २५ वर्षीया विमला सुनारको मृत्यु भएको हो ।

सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गको दुई ठाउँमा पहिरो गएका कारणले अवरुद्ध रहेको प्रहरीले जनाएकाे छ । पहिरोका कारण राजमार्गमा आवतजावत गरिरहेका यातायातका साधन बीच बाटोमै रोकिएका छन् । अहिले पहिरो पन्छाउने काम भइरहे पनि वर्षा निरन्तर भइरहेका कारण समस्या भएको प्रहरीकाे भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि