असोज ०६, २०८१, आइतबार
               

घुस लिएको अभियोगमा मुद्दा  दायर

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला वन कार्यालय बाराका अधिकृत भैरवप्रसाद घिमिरेसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगले आव २०७३/७४ मा बाँसको कलमी बिरुवा उत्पादन वा खरिद प्रक्रियामा अनियमितता भएको पाइएकाले मुद्दा दायर गरेको हो । जिल्ला वन कार्यालय बारामा अम्रिसो बिरुवा उत्पादन वा खरिद तथा वितरणको लागि र बाँसको कलमी बिरुवा उत्पादन सम्बन्धमा छानबिन गर्दा महँगोमा खरिद गरी रकम हिनामिना गरेको पाइएको छ ।

आयोगले तत्कालिन जिल्ला वन अधिकृत घिमिरेविरुद्ध  चार लाख ९० हजार, तत्कालीन सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेलविरुद्ध रचार लाख ९० हजार र सहायक वन अधिकृत दिनेशप्रसाद जयसवालविरुद्ध तीन लाख ९० हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

यस्तै, आयोगले सामाजिक विकास मन्त्रालय बागमती प्रदेशअन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन एकाइ, गजुरी धादिङमा कार्यरुत सवइञ्जिनियर विनोद सापकोटाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । खेलकुद मैदान निर्माण सम्पन्न गरी सो कार्यको धरौटी राखेको रकम फिर्ता लिन जाँदा सेवाग्राहीसँग २० हजार घुस माग्दै गरेको अवस्थामा आयोगको टोलीले केही समय पहिले पक्राउ गरेको थियो । 

आयोगले आरोपी सापकोटाविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 


कस्तो लाग्यो ?

यो पनि