असोज ०६, २०८१, आइतबार
               

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

रोल्पामा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ । रोल्पा नगरपालिका–८ जङ्कोट बामरुक निवासी कुशल पुनमगर र रेजिना पुनमगरका छोरा ११ वर्षीय प्रवीण पुनमगरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको मृतकका ठूलाबुवा धुव्रचन्द्र पुन मगरले जानकारी दिए ।

घरदेखि केही टाढा  बाख्रा ग्वालाबाट घर फर्किने क्रममा बेलुकी साढे बजेतिर चिउरीको बोटबाट निस्किएका अरिङ्गाले उनलाई टोकेको थियो । उनलाई प्राथमिक स्वास्थ्य चौकी जङ्कोटमा प्राथमिक उपचारपछि थप उपचारका लागि रोल्पा अस्पताल रेउघामा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पुनले जानकारी दिए । उनी कक्षा ६ मा अध्यनरत थिए ।


कस्तो लाग्यो ?

यो पनि