जेठ ०६, २०८१, आइतबार
               

आज २ हजार ५२५ जना संक्रमित थप

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

बितेको २४ घण्टामा २५०० जना बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१० जनामा कोरोना परीक्षण भएकामा २५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ९ हजार ९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २० र ४ हजार ९०१ एन्टिजेन परीक्षणमा ५०५ जना गरी २ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ७ लाख ५१ हजार १ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ भने ७ लाख २ हजार १८३ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ०८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २५० जना रहेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि