जेठ ०६, २०८१, आइतबार
               

औषधिको बट्टाभित्र राखेर गाँजा तस्करी

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

आयुर्वेदिक औषधिकाे बट्टामा गाँजा प्याक गरेर कतार लैजाने क्रममा प्रहरीले एयरपोर्टबाट एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । 

सोमबार बिहान साढे १० बजे कतार एयरवेजको उडानद्वारा कतारको दोहा जान लागेका चितवनकाे खैरेनी- १० का वुद्धीराज पाठकलाई गाँवासहित पक्राउ गरेकाे हाे । उनकाे कालो रंगको लगेजलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा Screening गर्ने क्रममा उक्त लगेजभित्र ग्याष्ट्रिक हरण चूर्ण, सगरमाथा आयुर्वेदकि औषधि उद्योग गोकर्नेश्‍वर- १, काठमाण्डौं लेखिएको सिल गरेको बट्टाहरुभित्र लागू औषध गाँजा भेटिएकाे प्रहरीले जनाएकाे छ । 

उनकाे साथबाट ८०० ग्राम गाँजा बरामद गरी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागू औषध नियन्त्रण व्यूरो कोटेश्‍वरलाई बुझाइकाे विमान स्थल प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि