बैशाख २५, २०८१, मंगलबार
               

काठमाडौं उपत्यकामा थपियो निषेधाज्ञा

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा पुन: एक साताका लागि निषेधाज्ञा थपिएको छ ।

यसअघिका केही प्रावधानहरुमा परिमार्जन गर्दै भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा थपिएको हो । 

भदौ ९ गतेदेखि लागू हुने नयाँ निषेधाज्ञामा अब राति पनि गाडी चलाउन पाइने छ ।

यसअघि राति ८ बजेपछि अत्यावश्यक काम बाहेक सवारी चलाउन पाइँदैन थियो ।

स्थानीय ढुवानीका साधनहरु भने बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन । 

कोरोना भाइरसको संक्रमण दर केही घट्दै गए पनि जोखिम कम नभएको भन्दै थप एक साता निषेधाज्ञा थपिएको हो ।

सार्वजनिक स्थानमा भीडभाड गर्न, सभा सम्मेलन र जुलुस गर्न रोक लगाइएको छ । प्रशासनले जात्रा, महोत्सवमा पनि निषेध गरेको छ, तर यो गतिविधि भने रोकिएको छैन ।

शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठन-पाठन निषेध छ । मनोरञ्जन र खेलकुदका क्षेत्रमा पनि निषेध छ ।


कस्तो लाग्यो ?

यो पनि