जेठ ०६, २०८१, आइतबार
               

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

नेपाल फ्ल्यास
भदौ ०७, २०७८

ADVERTISEMENT

आफ्नै बुबाकाे हत्या गरेकाे अभियोगमा रोल्पामा एक युवक प्रकाउ परेकाे छ । ६० वर्षीय लक्षिमन दमाईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-४ बागखुर बस्ने २५ बर्षीय टेक बहादुर नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हाे।

घरायसी झै-झगडामा नेपालीले आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी पोष्ट बुढागउ र ईलाका प्रहरी कार्यालय होलरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि