जेठ ०६, २०८१, आइतबार
               

आज १८ सय १ संक्रमित थपिए

नेपाल फ्ल्यास
भदौ ०७, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार १ हजार ९२४ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ जना र २ हजार ६२२  एन्टिजेन परीक्षण गर्दा २५३ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ। हाल देशभर ३८ हजार ३५१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि