जेठ ०६, २०८१, आइतबार
               

१५ केजी गाँजासहित एक पक्राउ

नेपाल फ्ल्यास
भदौ ०६, २०७८

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय खोटाङले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीबजारस्थित कात्तिकेका ५७ वर्षीय मगम राई रहेको प्रहरीले जनाएको छ । अवैध लागुऔषध नियन्त्रण अभियानअन्तर्गत उनलाई आफ्नै घरबाट गएराति १५ किलोग्राम गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेको राईविरुद्ध आज लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरेर थप अनुसन्धानका लागि हिरासतमा राखिएको उहाँले जानकारी दिनुभयो । 


कस्तो लाग्यो ?

यो पनि