असोज ०६, २०८१, आइतबार
               

बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०६, २०७८

ADVERTISEMENT

बारामा मोटरसाइकल एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ। 

जितपुर–सिमरा उपमहानगरपालिकाको पूर्व–पश्चिम राजमार्गमा १६ टाँगिया जाने बाटोमा प्रदेश २, ०३–००२ प ५३३५ र बा ६५ प २७५६ नं को अर्को मोटरसाइकल गएराति एक आपसमा ठोकिँदा तीन जनाकाे मृत्यु भएकाे हाे ।

नुवाकोटको घुङताङ–३ का ४० वर्षीय टुलुराज तामाङ, बाराको निजगढ नगरपालिका–९ का १६ वर्षीय विकास साह र सोही ठाउँ बस्ने ३५ वर्षीया सुनैनादेवी साहको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।  


कस्तो लाग्यो ?

यो पनि