जेठ ०६, २०८१, आइतबार
               

कटुवा पेस्तोलसहित १ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ ०५, २०७८

ADVERTISEMENT

सर्लाहीकाे मलंगवा नगरपालिका-११ ठूलो पल्सी बस्ने ३० वर्षीय समसुद्दिन अंसारीलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अंसारी र उनकै दाजुबीच वादविवाद भई झै-झगडा भएको सूचनाकाे आधारमा अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्प र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा समसुद्दिनले कम्मरमा भिरेको गोली लोड भएको अवस्थामा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि