जेठ ०६, २०८१, आइतबार
               

बालिकालाई बलात्कार गरेको अभियोगमा ३ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ ०५, २०७८

ADVERTISEMENT

सुर्खेतमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा हुम्ला सर्केघाट गाउँपालिका-७ बस्ने १९ वर्षीय प्रकाश जैशी र सोही ठाउँ बस्ने २० वर्षीय रामकृष्ण जैशीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरुले ती बालिकालाई ललाई फकाई वीरेन्द्रनगर नगरपालिका-१२ नेवारेस्थित खुल्ला चौरमा बलात्कार गरेको नगर प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ । 

त्यस्तै रुपन्देहीमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-१२ हरियाली बस्ति बस्ने बर्दिया राजापुर नगरपालिका-६ टपरा घर भएका ३३ वर्षीय निर्मल चौधरीलाई शुक्रबारराति प्रहरीले पक्राउ गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि