जेठ ०६, २०८१, आइतबार
               

२ हजार ७५ जना कोरोना सङ्क्रमित थपिए

नेपाल फ्ल्यास
भदौ ०५, २०७८

ADVERTISEMENT

बितेका २४ घण्टामा दुई हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको सङ्ख्या आठ लाख २५ हजार ७२२ पुगेको छ ।

थप सात हजार ७०३ जनाको पिसिआर परीक्षण तथा पाँच हजार ३७२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट एक हजार ४२४ तथा एन्टिजेनबाट ६५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म छ लाख ९५ हजार ९२५ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई  हजार ३८२ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलव तीन प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ रहेको छ ।

बितेका २४ घण्टमा देशभर ६३ हजार ९६३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ७१८ सङ्क्रमितको सघन उपचारकक्षमा तथा १६६ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

काठमाडौँ उपत्यकामा पछिल्लो समय ६६७ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४८३, ललितपुरमा १०३ तथा भक्तपुरमा ८१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६६३, भक्तपुरमा एक हजार ४८१ तथा ललितपुरमा दुई हजार २९२ रहेको छ । 

पछिल्लो समय देशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ३० सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ४८५ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार कोरोनाबाट २६ जनाको ज्यान गएको थियो ।    


कस्तो लाग्यो ?

यो पनि