जेठ ०६, २०८१, आइतबार
               

अफगानिस्तानबाट थप १ सय ६५ जना नेपाल आइपुगे

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । अफगानिस्तानबाट शुक्रबार १ सय ६५ नेपाली स्वदेश फर्केका छन् । उनीहरू जजिरा एयरको कुवेत–काठमाडौं उडानबाट आएका हुन् ।

परराष्ट्र मन्त्रालयले अहिलेसम्म ४ सय ६१ जना अफगानिस्तानबाट काठमाडौं आइपुगेका र ९ जना भने शुक्रबार राति आइपुग्ने जनाएको छ । स्वदेश फर्केकामध्ये धेरैजसो काबुलस्थित विभिन्न कूटनीतिक नियोगमा कार्यरत र केही अन्य अनौपचारिक क्षेत्रमा काम गरिरहेकाहरू छन् ।

काठमाडौं आएकालाई अध्यागमन लगायतका प्रक्रिया पूरा गरी कोभिड संकट व्यवस्थापन केन्द्रको समन्वयमा सामाखुसीस्थित ‘होल्डिङ सेन्टर’मा कोरोना परीक्षणसमेत गरिसकेको मन्त्रालयले जनाएको छ ।

कन्सुलर सेवा विभागको 'वेब पोर्टलमा' शुक्रबार बेलुकी ५ बजेसम्म ३ सय १० नेपालीले आफ्नो विवरण दर्ता गराएको मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिश्चन्द्र घिमिरेले जानकारी दिए ।

घिमिरे अफगानिस्तानमा फसेका नेपालीलाई सकुशल स्वदेश फिर्तीको प्रभावकारी व्यवस्था गर्न  सरकारले गठन गरेको उद्धार कार्यदलका संयोजक हुन् ।

उनले कन्सुलर सेवा विभागको वेबसाइटमा दर्ता भएका, नयाँ दिल्लीस्थित नेपाली दूतावासको विवरण अनुसार नेपालीसँग सम्पर्क गरी सूची तयार गरेर मित्रराष्ट्रहरूलाई उपलब्ध गराउने बताए ।

काबुलबाट मित्रराष्ट्रहरूले नै नेपालीको उद्धार गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि