जेठ ०६, २०८१, आइतबार
               

होटलमा भिडियो खिच्ने ३ युट्युबर पक्राउ

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

बिर्तामोडको एक होटलमा खाजा खाइरहेकाहरूकाे भिडिइो खिचेर युट्यूबमा राख्ने व्यक्तिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पीडितले ६ जनाविरुद्ध शुक्रबार इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा उजुरी दिएकाेमा ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा युट्युबर खगेन्द्र घिमिरे, होटल जंगल भ्यू चारआलीका सञ्चालक हेमराज भट्टराई, सोही ठाउँका स्नुकर पुल सञ्चालक सुवास कार्की छन् । 

पीडितले युट्युवरले चरित्र हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गराएका थिए। गत मंगलबार साँझ दुई महिला र एक पुरुषले होटलमा खाजा खाइरहेका बेला भिडियो खिचेर ती युट्युबरले युट्युबमा राखेका थिए। 


कस्तो लाग्यो ?

यो पनि