जेठ ०६, २०८१, आइतबार
               

नक्कली नागरिकता बनाई २ करोड ठगी गर्ने भारतीय पक्राउ

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

नक्कली नागरिकतासहित अन्य कागजात बनाई ठगीमा संलग्न रहेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-५ सेतीपाखा बस्ने भारत हिमाञ्चल सिम्ला नोगली पञ्चायत घर भएका ३९ वर्षीय शेर सिंह भन्ने रवि कुमार सिंहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सिंहले नेपालको विभिन्न जिल्लाहरू (कैलाली, सुर्खेत) को ठेगाना बताई विभिन्न बहानामा ठगी गरेको भन्ने जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ सेतीपाखाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले नक्कली कागजात बनाई दुई करोड रुपैयाँभन्दा धेरै ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफूलाई चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको साझेदार, अञ्जुली कन्स्ट्रक्सनको म्यानेजिङका डाइरेक्ट, रोयल हाइड्रो कन्स्ट्रक्सनका म्यानेजिङ डाइरेक्ट भन्दै उनले विभिन्न व्यक्तिबाट दुई करोड रुपैयाँभन्दा धेरै रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

महाशाखाका अनुसार रवि कुमारले लाजिम्पाटस्थित रोयल हाइड्रो कन्स्ट्रक्सनको संस्थापक अध्यक्ष भन्दै विभिन्न व्यक्तिसँग एक करोड रुपैयाँ ठगी गरेका थिए । यसका लागि उनले कम्पनीको नक्कली लेटरप्याड, कम्पनीको छाप, नक्कली दस्तखत प्रयोग गरेका थिए । कन्स्ट्रक्सनका वास्तविक संस्थापक अध्यक्ष  सुरेन्द्रबहादुर शाही र प्रेमबहादुर शाहीले प्रहरीमा उजुरी दिएपछि उनको यो कर्तुत खुलेको थियो । 

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडको साझेदार हुँ भन्दै उनले रुपन्देही बुटवल– ८ का हरी मल्ल र महेन्द्रकुमार श्रेष्ठसँग ४३ लाख ७३ हजार रुपैयाँ ठगी गरेका थिए । 

त्यस्तै रुपन्देही लुम्बिनी सांस्कृतिक– ६ का अनिल गुरुङबाट बा.१२च ३८५९ नम्बरको स्विफ्ट कार मासिक ९० हजार रुपैयाँ भाडा दिने भन्दै लिएका थिए । एकाएक बेपत्ता बनेका उनले उक्त कार आठ लाख ३५ हजार रुपैयाँ लिई भक्तपुर– १५ का प्रदीप रायलाई दिएका थिए । यसका लागि पनि उनले कारको नक्कली धनीपुर्जा बनाएका थिए ।

त्यस्तै, धनुषा जनकपुरधामस्थित न्यु साह एन्ड इन्टरप्राइजेजका सञ्चालक प्रदीपकुमार साहलाई मासिक डेढ लाख रुपैयाँ दिने प्रलोभनमा प्रदेश–३–०१– ०२३ च ००५० नम्बर को ब्रेज कार भाडामा लिएका थिए । त्यसपछि सम्पर्कविहीन बनेका थिए । 

चुरियामाई इन्टरप्राइजेज जडीबुटीका सञ्चालक कृष्णहरि गौतमसँग बजाज कम्पनीको बा.९५प १६८ नम्बरको डोमिनर मोटरसाइकल नै ठगी गरेका थिए । तीन लाख ३० हजार रुपैयाँमा खरिद गरेका उनले गौतमलाई तीस हजार रुपैयाँ मात्रै दिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि