जेठ ०६, २०८१, आइतबार
               

११ र १२ कक्षाका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइयो

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारले कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरेको छ । कक्षा ११ र १२ कक्षाका विद्यार्थी तथा विश्वविद्यालय तहको प्रवेश परीक्षा लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाउन सुरु गरिएको हो । 
काठमाडौं महानगरपालिकाले आज भोलि र भदौ ८ गते बिहान १० देखि ५ गतेसम्म तोकिएको वडाका खोप केन्द्र तथा अस्पतालबाट खोप लगाउन सुरु भएको जनाएको छ । 

खोप लगाउन पाइने भएपछि विद्यार्थीहरु प्रवेशपत्र बोकेर खोप केन्द्रमा पुगेका थिए भने खोप लगाउन पाउँदा खुसी देखिन्थे । विद्यार्थी संगठनको मागको आधारमा केही अघि सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि