जेठ ०६, २०८१, आइतबार
               

आज ३ हजार ७५ संक्रमित थपिए

नेपाल फ्ल्यास
भदौ ०३, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ४३८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १२६ जना निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९१ हजार २९९ पुगेको छ।

आज ३३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ । हालसम्म नेपालमा ३८ लाख ३ हजार १५ जनाको पिसिआर र ४ लाख १६ हजार ९८६ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

देशभर ४० हजार ५०० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३७ हजार ११४  होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार ३८६ भने ७३९ जना आइसियुमा र १६८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।


कस्तो लाग्यो ?

यो पनि