जेठ ०६, २०८१, आइतबार
               

६ केजी चाँदीका गहनासहित १ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ ०३, २०७८

ADVERTISEMENT

 वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट ६ केजी १६८ ग्राम चाँदी जस्तो देखिने धातुको गहना सहित प्रसौनी गाउँपालिका-६ ठेगाना भएका ६० वर्षीय नागेन्द्र साह सोनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट अवैध रुपमा चाँदीका गहना ल्याउँदै गरेको सूचनाको आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त धातुको गहना सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि