जेठ ०६, २०८१, आइतबार
               

अपार्टमेन्टमा अनैतिक गतिविधि, सात जना पक्राउ

नेपाल फ्ल्यास
भदौ ०२, २०७८

ADVERTISEMENT

ललितपुर । अनैतिक गतिविधि गरेको आरोपमा प्रहरीले सात जनालाई ललितपुरबाट पक्राउ गरेको छ ।

प्रहरीले दिउँसो साढे तीन बजे ललितपुर महानगरपालिका वडा नम्बर ३ कान्तिपुर हाइटस्थित एक अपार्टमेन्टबाट सात जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जाकारी दिए ।

अपार्टमेन्टमा अनैतिक किसिमको व्यवसाय सञ्चालन भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सात जनालाई पक्राउ गरेको उनले बताए ।

प्रहरीका अनुसार त्यस्तो व्यवसाय सञ्चालन गरेको आरोपमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ सानोपोखरा घर भई ललितपुरको पाटन सुन्धारा बस्ने ४२ वर्षीया गीता खड्कीसहित सात जनालाई पक्राउ गरिएको छ । 

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा ११९ र १२० बमोजिम कारबाही र सजायको लागि जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको महर्जनले बताए ।


कस्तो लाग्यो ?

यो पनि