बैशाख २५, २०८१, मंगलबार
               

ब्राउन सुगरसहित दुई जना पक्राउ

नेपाल फ्ल्यास
भदौ ०१, २०७८

सांकेतिक तस्विर
ADVERTISEMENT

झापा । बिर्तामोड नगरपालिकाबाट आज लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ ।

बिर्तामोड–५ नयाँ बसपार्कस्थित मिलनचोकबाट अर्जुनधारा–५ का २७ वर्षीय मनोज चौधरी र बिर्तामोड–५ का २३ वर्षीय सुमन तामाङलाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । 

उनका अनुसार लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट प्रहरीको टोलीले  ब्राउन सुगर र मे २ प ८६८६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको झापा प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि