जेठ ०६, २०८१, आइतबार
               

अफगानिस्तानबारे बल्ल बोल्यो सरकार, देश छाड्न चाहनेलाई सहयोग गर्न आग्रह

नेपाल फ्ल्यास
भदौ ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेको अफगानिस्तानबारे नेपाल सरकारले पहिलो पटक औपचारिक प्रतिक्रिया दिएको छ ।

मंगलबार साँझ परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा भइरहेको विकासक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘हामी सम्बद्ध सबै पक्षलाई अफगान जनताको सुरक्षाका निम्ति आग्रह गर्छौं ।’

मन्त्रालयले नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायले आह्वान गरेअनुसार सडक, हवाईमार्ग वा सीमा पार भएर अफगानिस्तान छाड्न चाहने सबैलाई सुरक्षितपूर्वक त्यहाँबाट निस्कनका लागि सहयोग गर्न गरेको आह्वानको समर्थन गरेको उल्लेख गरेको छ ।

‘हामी मानव जीवन र सम्पत्तिको रक्षासँगै अफगानिस्तानमा शान्ति, अमनचैन र स्थिरताको माग पनि गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

सार्क सदस्य राष्ट्रको हैसियतमा नेपालले अफगानिस्तानमा शान्ति र स्थिरता कायम भएको देख्न चाहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो पनि