बैशाख २३, २०८१, आइतबार
               

एक क्विन्टल गाँजासहित एक पक्राउ

नेपाल फ्ल्यास
साउन ३२, २०७८

ADVERTISEMENT

जनकपुरधाम । जनकपुरधामबाट एक क्विन्टल लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१९ का ३५ वर्षीय वीरबहादुर बलोनलसई रहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

बलोनलसईलाई सोमबार साँझ जनकपरधाम उपमहानगरपालिका–४ मुरलीचोकबाट पक्राउ गरिएको हो ।

बा ५ च १४० नम्बरको पिकअप भ्यानमा गाँजा लुकाएर ल्याउँदै गरेको अवस्थामा बलोनलसईलाई प्रदेश प्रहरी कार्यालयबाट खटेको सिभिल टोलीले पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि