जेठ ०६, २०८१, आइतबार
               

हालसम्म ८ लाख ३५ हजार जनालाई नि:शुल्क मास्क वितरण

नेपाल फ्ल्यास
साउन ३२, २०७८

ADVERTISEMENT

कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १२ हजार ५६५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ८ लाख ३४ हजार ८१७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ११० जनालाई ११ हजार रुपैयाँ जरिवाना गरिएको छ ।  सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ५ हजार ४३७ जनालाई रोकी सम्झाईबुझाई छाडिएको छ । 


कस्तो लाग्यो ?

यो पनि