जेठ ०६, २०८१, आइतबार
               

नेपालमा आज ३ हजार ४५१ संक्रमित थपिए

नेपाल फ्ल्यास
साउन ३२, २०७८

ADVERTISEMENT

नेपालमा आज ३ हजार ४५१ जना कोरोना संक्रमित थपिएका छन् । आज एन्टीजेन परीक्षणबाट ८८५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ३४ हजार ८३८ जना र एन्टीजेन परीक्षणबाट ७६ हजार १५ जना पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४५८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ ।

आज ३५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ। आज १५ हजार ६११ जनाको परीक्षण गरिएको छ . 


कस्तो लाग्यो ?

यो पनि