मंसिर ०७, २०८१, शुक्रबार
               

प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य

नेपाल फ्ल्यास
साउन ३२, २०७८

ADVERTISEMENT

प्रतिनिधिसभाको चालू अधिवेशन सोमबारराति १२ बजेदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा सोमबार मध्यरातदेखि लागू हुने गरी राष्ट्रपतिले चालू अधिवेशन अन्त्य गरेकी हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गरेको घोषणा प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका छन् । गत जेठ ८ बिहान तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको थियो । त्यसपछि असार २८ गते सर्वोच्च अदालतको परमादेशपछि साउन ३ गते प्रतिनिधिसभाको बैठक बसेको थियो । त्यसयता २९ दिन २० घन्टा १५ मिनेट मात्रै प्रतिनिधिसभाको आठौं अधिवेशन बसेर सोमबारदेखि अन्त्य भएको हो ।

२९ दिन अधिवेशन चले पनि सरकारले संसद्लाई बिजनेस दिन सकेन ।


कस्तो लाग्यो ?

यो पनि