असोज ०६, २०८१, आइतबार
               

सर्पको डसाइबाट बालकको मृत्यु

नेपाल फ्ल्यास
साउन ३२, २०७८

ADVERTISEMENT

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–६ मा विषालु सर्पको डसाइबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ । 

आइतबार साँझ घरआँगनमा खेलिरहेको समयमा विषालु सर्पको डसाइबाट पाँच वर्षीय हेमराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।

सर्पको डसाइबाट गम्भीर भएका बालकको उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लामा गर्मी सिजन कायमै रहेका कारण सर्पदंशका बिरामी बढ्दै गएको जिल्ला अस्पतालले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि