जेठ ०६, २०८१, आइतबार
               

फरार दुई अभियुक्त पक्राउ

नेपाल फ्ल्यास
साउन ३१, २०७८

ADVERTISEMENT

मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित आकृति हार्डवेयरमा नगदसहित चोरी गरेको आरोपमा फरार दुई अभियुक्तलाई प्रहरीले १५ दिनपछि पक्राउ गरेको छ । 

काठमाडौँ महानगरपालिका–३२ पेप्सिकोला बस्ने पवित्रा भुसालले सानोठिमीमा सञ्चालन गरेको हार्डवेयर पसलबाट यही साउन १५ गते एक लाख नगद र ३५ हजारकोे नेपाल बैंकको चेक चोरी गरी फरार दुई अभियुक्तलाई महानगरीय प्रहरी वृत्त ठिमीले आज पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

पक्राउ पर्नेमा मोरङ विरेन्द्रनगर नपा‐ ३ घर भई हाल काठमाडौँ कपन बस्ने ५१ वर्षीय राजु तामाङ र सिन्धुपाल्चोक भोटेकोशी नपा‐ ६ घर भई हाल काठमाडौं कपन मै बस्ने ४२ वर्षीय छिरिङ शेर्पा रहेको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि