जेठ ०६, २०८१, आइतबार
               

बलात्कार गरेको अभियोगमा आफ्नै बुबासहित ४ जना पक्राउ

नेपाल फ्ल्यास
साउन ३१, २०७८

ADVERTISEMENT

रुपन्देहीमा ४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा मायादेवी गाउँपालिका-८ बसडिलवा बस्ने ४० वर्षीय बलीराम थारुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी रुपन्देहीमै  १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा कञ्चन गाउँपालिका-४ बेलडाँडा बस्ने ५२ वर्षीय नेत्र बहादुर कुँवरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । कुँवरले ती बालिकालाई सोही ठाउँस्थितको जंगलमा लगेर बलात्कार गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

संखुवासभामा ५१ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा भोटखोला गाउँपालिका-४ गोला दोबाटो बस्ने ६५ वर्षीय जिम्बा भोटेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिम्बाले ती महिलालाई जबरजस्ती गरेको अभियोगमा प्रहरी चौकी स्याक्सिलागोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तनहुँमा २० वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा भानु नगरपालिका-६ टुहुरे पसल बस्ने ६२ वर्षीय पुरुषलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । ती पुरुषले आफ्नै छोरीलाई ४/५ महिनादेखि पटक-पटक बलात्कार गर्दै आएकाे अभियोग छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि