जेठ ०६, २०८१, आइतबार
               

१० लाख रुपैयाँसहित २ जना पक्राउ

नेपाल फ्ल्यास
साउन ३१, २०७८

ADVERTISEMENT

रुपन्देहीकाे लुम्बिनी साँस्कृतिक नगरपालिका-४ महुवारी कालीदहबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१३ वडबलिया बस्ने २० वर्षीय बिण्णु यादव र सोही ठाउँ बस्ने १९ वर्षीय अनवर मुसलमान छन् । लु.४३ प २६५० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारी मोटरसाइकल चालक यादव र मोटरसाइकलमा सवार मुसलमानलाई पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि