जेठ ०६, २०८१, आइतबार
               

लागूऔषधसहित ६ जना पक्राउ

नेपाल फ्ल्यास
साउन ३०, २०७८

ADVERTISEMENT

मोरङकाे बेलबारी नगरपालिकाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका-५ घर भएका ३४ वर्षीय खेम मगर र झापा मेचीनगर नगरपालिका-३ घर भएका ३९ वर्षीय लोकबन्धु दर्नाल रहेका छन् ।

यता धनुषाकाे बटेश्वर गाउँपालिका-१ चित्रपुर बस्ने ३५ वर्षीय लालबहादुर लामालाई करिब २ केजी अवैध लागूऔषध गाँजासहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भक्तपुरकाे सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने उदयपुर घर भएका ३० वर्षीय जित बहादुर तामाङलाई करिब १ केजी अवैध लागूऔषध गाँजासहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

संखुवासभाकाे खाँदवारी नगरपालिका-७ बस्ने ६९ वर्षीय जय चापागाईलाई २०४ ग्राम अवैध लागूऔषध अफिमसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । त्यस्तै चितवनकाे कालिका नगरपालिका-३ बस्ने २८ वर्षीय राजेन्द्र बिकलाई नियन्त्रित लागूऔषध डाईजेपाम २५ एम्पुल, नुफिन २५ एम्पुल, र सिरिज्याक २५ एम्पुल सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि