जेठ ०६, २०८१, आइतबार
               

२ हजार ६२४ संक्रमित थपिए

नेपाल फ्ल्यास
साउन ३०, २०७८

ADVERTISEMENT

पछिल्लाे २४ घण्टामा थप दुई हजार ६२४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको १३ हजार ५७३ परीक्षणमा सो सङ्क्रमण पुष्टि भएको हो ।

आज एक हजार ३३० जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म छ लाख ८० हजार ८१५ सङ्क्रमण मुक्त भएका छन् । हाल ३६ हजार दुई जना होम आइसोलेशन, दुई हजार ४०३ जना संस्थागत आइसोलेशन छन् । त्यसैगरी ७६० जना आइसियू र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ४०५ जना छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार २५९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २० जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि