जेठ ०६, २०८१, आइतबार
               

बलात्कार मुद्दाका अभियुक्त प्रहरीको गाडीबाटै भागेपछि...

नेपाल फ्ल्यास
साउन २९, २०७८

सांकेतिक तस्विर
ADVERTISEMENT

काठमाडौं । प्रहरीको गाडीबाट बलात्कार मुद्दाका एक अभियुक्त फरार भएका छन् ।

प्रहरी वृत्त जनसेवाबाट कोरोना परीक्षणका लागि वीर अस्पताल लैजाने क्रममा बलात्कार मुद्दा अभियुक्त विनोद परियार न्युरोडबाट फरार भएका हुन् ।

उनी एक थुनुवा प्रहरीलाई छक्याएर भागेको प्रहरीले जानकारी दिएको छ ।

विनोद शुक्रबार दिउँसो ४ बजे प्रहरीलाई झुक्याएर गाडीबाटै फरार भएका हुन् ।

कोरोना परीक्षणका लागि स्वाब दिएर फर्कने क्रममा उनी गाडीबाटै फरार भएको प्रहरी स्रोतले बताएको छ ।

प्रहरीको गाडी जाममा परेका बेला उनी भागेका थिए ।

सो घटनापछि ड्युटीमा खटिएका प्रहरीमाथि समेत छानबिन थालिएको छ ।


कस्तो लाग्यो ?

यो पनि