जेठ ०६, २०८१, आइतबार
               

चेक बाउन्स मुद्दामा जरिवाना ठहर भएर फरार महिला पक्राउ

नेपाल फ्ल्यास
साउन २९, २०७८

ADVERTISEMENT

काठमाडौं । बैंकिङ कसुर (चेक बाउन्स) सम्बन्धी मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका-१६ बस्ने ४८ वर्षकी प्रेम कुमारी खड्गीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेको हो ।

खड्गीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेर वालालाई झुक्यानमा पारी एनएमबी बैंकको चेक दिई बैंकिङ कसुरजन्य अपराध गरेको प्रहरीले जनाएको छ । 

उनलाई उच्च अदालत पाटनबाट गत २०७६ जेठ २१ गते बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम पाँच दिन कैद र २० लाख जरिवाना ठहर भएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) बाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले उनलाई सोहृखुट्टेबाट पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनको लागि खड्गीलाई ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

यो पनि