जेठ ०५, २०८१, शनिबार
               

विमानस्थलमा विदाई कार्यक्रम गर्न नपाइने

नेपाल फ्ल्यास
साउन २९, २०७८

ADVERTISEMENT

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई कार्यक्रम गर्न नपाइने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले  विमानस्थलमा भीडभाड कम गर्न विमानस्थल हाताभित्र विदाई  कार्यक्रम नगर्न आग्रह गरेको हो । 

कोरोना संक्रमणको नया भेरियन्ट फैलिरहेकाले विदाई कार्यक्रम निरुत्साहित गर्न अत्यावश्यक अवस्थाभन्दा बाहेक विमानस्थल प्रवेश नगर्न भनेको हो ।  

विमानस्थलमा आवतजावत गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत आग्रह गरिएको छ । 

शरीरको तापक्रम मापन गराएर टर्मिनल भवन भित्र प्रवेश गर्न, सेनिटाइजरको प्रयोग गर्ने, लाइन बस्दा आवश्यक दूरी कायम गर्न समेत विमानस्थलले सबैमा आग्रह गरेको छ ।

यो पनि