जेठ ०६, २०८१, आइतबार
               

साँघु तर्ने क्रममा नदीमा खसेर २ जना वेपत्ता

रासस
साउन २९, २०७८

फाइल फोटो
ADVERTISEMENT

हुम्ला । काठको साँघु तर्ने क्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएका जनाइएको छ ।  

उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुटी सङ्कलन गर्न जाने क्रममा बुधबार साँझदेखि बेपत्ता भएका स्थानीयवासी तारा रावलले जानकारी दिए । हराइ रहेकाहरुको खोजी जारी रहेको उनले बताए । 

जडीबुटी सङ्कलनका लागि थाली गाउँका करिब ३० जना गएका बताइएको छ ।  

हुम्लासहित बाजुरा, मुगु, बझाङलगायत नागरिक यस याममा जडीबुटी सङ्कलन गर्न पाटनतिर जाने गर्दछन् । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि