जेठ ०७, २०८१, सोमबार
               

ज्यानसम्बन्धी कसूरका अभियुक्त १६ वर्षपछि पक्राउ

नेपाल फ्ल्यास
साउन २८, २०७८

ADVERTISEMENT

काठमाडौं । कर्तव्य ज्यानसम्बन्धी कसुरका अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।

रामेछापको खाँडादेवी गाउँपालिका–६ खत्रीगाउँ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथली बस्ने ४६ वर्षीय शिवजी खत्री भन्ने गबहादुर खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले चाँगाथलीबाट बुधबार पक्राउ गरेको हो ।

कर्तव्य ज्यान कसुरमा अनुसन्धान गर्न खत्रीलाई प्रहरी वृत्त कालिमाटी पठाइएको सिआइबीका प्रवक्ता एसपी श्यामकुमार महतोले बताए ।

खत्रीले भगवती लामा अधिकारीलाई २०६२ पुस ६ गते कलंकी लामापाटीस्थित आफ्नै कोठामा शरीरमा आगो लगाएर फरार भएका थिए ।

आगो लागेर गम्भीर घाइते भएकी भगवतीको उपचारको क्रममा वीर अस्पतालमा २०६२ पुस ७ गते मृत्यु भएको थियो ।

घटनापछि फरार रहेका खत्रीलाई घटनामा संलग्न भएको आशंकामा भगवतीका बुवा इन्द्रबहादुर अधिकारीले जाहेरी दिएका थिए ।

सोही मुद्दाको कसुरमा उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

यो पनि