जेठ ०७, २०८१, सोमबार
               

आधा किलो अवैध सुनसहित तीन जना पक्राउ

नेपाल फ्ल्यास
साउन २८, २०७८

ADVERTISEMENT

कैलाली । झण्डै आधा किलो अवैध सुनसहित प्रहरीले कैलालीमा तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बुधबार दिउँसो प्रहरीले काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको महाकाली यातायातको ना.८ख ८३४९ नम्बरको बसमा सवार तीन जनालाई सूचनाका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ फुलैलीका ३५ वर्षीय भवानी घिमिरे, सुनसरी रामधुनी नगरपालिका–३ सिंगियाका २६ वर्षीय राजु विक र ३१ वर्षीय समीर सिजापती छन् ।

जिल्ला प्रहरी कर्यालयका कैलालीका डीएसपी प्रतिक विष्टका अनुसार अवैध रूपमा सुन ल्याइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूबाट प्रहरीले ४४९.७७ ग्राम सुन बरामद गरेको छ । उनीहरूका साथबाट प्रहरीले ४९ हजार ४०५ रुपैयाँ पनि बरामद गरेको छ ।

अहिले उनीहरूमाथि थप अनुसन्धान र कारबाहीका लागि सुन, नगदसहित राजश्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइएको डीएसपी विष्टले बताए ।


कस्तो लाग्यो ?

यो पनि