असोज ०६, २०८१, आइतबार
               

आजदेखि बेलुकी ८ बजेपछि काठमाडौं उपत्यकामा  गाडी चलाउन रोक

नेपाल फ्ल्यास
साउन २८, २०७८

ADVERTISEMENT

काठमाडौं । आजदेखि बेलुकी ८ बजेदेखि काठमाडौं उपत्यकामा गाडी चलाउन रोक लगाइएको छ । 

कोरोना संक्रमण नियन्त्रणमा नआएको भन्दै तीन वटै जिल्ला भक्तपुर, ललितपुर र काठमाडौं प्रशासन कार्यालयहरूले अत्यावश्यक बाहेक निजी तथा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अत्यावश्यक सेवा, ढुवानीका सवारी साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी तथा सार्वजनिक सवारी साधनहरु बेलुकी ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नु पर्ने बताए । 

जिल्ला प्रशासन कार्यालयहरूले आजदेखि थप कडाइ गर्दै भदौ ८ गतेसम्म निषेधाज्ञा थप गरेका छन् । निषेध आदेश अनुसार स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन् । 
 


कस्तो लाग्यो ?

यो पनि