मंसिर ०७, २०८१, शुक्रबार
               

सिंहदरबार गेटमा रोकेर राखेको टिपरमा स्कुटर ठोक्कियो, चालकको मृत्यु

नेपाल फ्ल्यास
साउन २७, २०७८

ADVERTISEMENT

अनामनगरस्थित सिंहदरबार पूर्वी गेटसँगै रोकेर राखेको टिपरमा स्कुटर ठोक्किएर दुर्घटना भएको छ । मंगलबार राति प्रदेश–३–०१–००६ख ०७९७ नम्बरको टिपरमा बा.२ ब ७५८९ नम्बरको स्कुटर ठोक्किएको थियो ।

दुर्घटनामा परेर गम्भिर घाइते भएका स्कुटर चालक सन्देश बुढाथोकीको उपचारको क्रममा सिभिल हस्पिटलमा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्माले बताए । सुर्खेत घर भएका २९ वर्षीय सन्देश सामाखुसी बस्दै आएका थिए ।

सिंहदरबारभित्र निर्माणाधीन संसद भवनको निर्माण सामग्री लोड भएको टिपरमा बुढाथोकीले चलाएको स्कुटर ठोक्किएको थियो । टिप्पर चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ । 


कस्तो लाग्यो ?

यो पनि