जेठ ०७, २०८१, सोमबार
               

आँखा तरेको निहुँमा हेटौंडामा युवाहरुबीच खुकुरी हानाहान, एक घाइते

नेपाल फ्ल्यास
साउन २७, २०७८

ADVERTISEMENT

हेटौंडा । आँखा तरेको निहुँमा हेटौंडा बजारमा बुधबार बिहान युवाहरुबीच खुकुरी हानाहान भएको छ । खुकुरी प्रहारबाट एक युवा घाइते भएका छन् । हेटौंडाको बुद्धचोकमा दुई युवाबीच भएको झगडामा खुकुरी प्रहारबाट एक युवा घाइते भएका हुन् ।

घाइते भएका युवकलाई खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । खुकुरी प्रहरबाट हेटौंडा–१ चौकीटोलका २६ वर्षीय प्रशान्त नगरकोटी घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

आखाँ तरेको भन्दै लामा दाजुभाइले नगरकोटी माथि खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र उनीहरूको पहिलै झगडा भएर यस अघिनै जिप्रका मकवानपुरमा मिलापत्र भएको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

नगरकोटलाई हेटौंडा–१० बसपार्क बस्ने २१ वर्षीय सौरभ लामा र उनका भाई मिलेर खुकुरी प्रहार गरेका थिए । सौरभ लामालाई प्रहरीले पक्राउ गरिसकेको छ । लामा पनि घाइते रहेकोले प्रहरी निगरानीमा उपचार भइरहेको र उनका भाइ भने फरार रहेको डिएसपी रिमालले जानकारी दिए । प्रहरीले बल प्रयोग गरेर युवाको हातबाट खुकुरी खोसेको थियो ।


कस्तो लाग्यो ?

यो पनि