जेठ ०६, २०८१, आइतबार
               

कोरोना संक्रमितले भरिन थाले अस्पतालहरू

नेपाल फ्ल्यास
साउन २७, २०७८

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा काठमाडौं उपत्यकाका अस्पतालहरु भरिभराउ भएका छन् । कोरोना संक्रमितको उपचारको लागि तोकिएका सरकारी अस्पतालका अधिकांश शैया भरिएका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगंज, विर अस्पताल, पाटन अस्पताललगायतका सरकारी अस्पतालको आईसियु, भेन्टिलेटर र एचडियुमा अहिले विरामीको चाप बढेको छ ।

उपत्यकाका तिन जिल्लासँगै छिमेकी जिल्लाहरु नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, र रसुवाबाट पनि कोरोना संक्रमतिहरु उपचारको लागि काठमाडौं आउने गरेका छन् ।

यसैविच, नेपालमा हिजो ४ हजार ९ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १ सय २३ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा मात्रै १ हजार २ सय २६ जना संक्रमित थपिएका छन् । हिजो थप ३५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै जम्मा मृतकको सख्या १० हजार १ सय ५० पुगेका छन् । सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि