जेठ ०४, २०८१, शुक्रबार
               

विद्यार्थी संगठन र प्रहरीबीच झडप, सात विद्यार्थी घाइते

नेपाल फ्ल्यास
साउन २६, २०७८

ADVERTISEMENT

सुर्खेत । आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र प्रहरीबीच झडप हुँदा मध्यपश्चिम विश्वविद्यालय तनावग्रस्त बनेको छ ।

मंगलबार साँझ विद्यार्थी र प्रहरीबीच झडप हुँदा अखिल (क्रान्तिकारी) मध्य पश्चिम विश्वविद्यालयका अध्यक्ष राज पौडेल लगायत सात जना विद्यार्थी नेताहरु घाईते भएका छन् । ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइते हुनेमा राज पौडेल, टिआर शर्मा, झक्क शाही, गोविन्द सभापतिजी लगायतका छन् । उनीहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । राज पौडेलको टाउकोमा गम्भीर चोट लागेको छ ।

यसैगरी दिपेन्द्र जंग शाही, भुपेन्द्र बम, केशब खड्का, रोशन बस्नेत,गोविन्द सिजापती, तेज बहादुर बम,रोशन मिश्र, सन्देश थापासहित नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । 

विद्यार्थी संगठनले पक्राउ गरिएका विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् । 

संयुक्त विद्यार्थी संगठनले  साउन तीन गतेदेखि विभिन्न १८ बुँदे माग राख्दै आन्दोलन गरिरहेको छ  । 

यो पनि