जेठ ०६, २०८१, आइतबार
               

आज ४ हजार ९०४ संक्रमित थपिए

नेपाल फ्ल्यास
साउन २६, २०७८

ADVERTISEMENT

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टिजेन परीक्षणबाट १ हजार ७१० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख २० हजार ६८० जना र एन्टीजेन परीक्षणबाट ७१ हजार २३० जना पुगेको छ। 

आज ३५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ। आज २ हजार ११५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७३ हजार १९८ पुगेको छ । आज १९ हजार १२३ जनाको परीक्षण गरिएको छ। 


कस्तो लाग्यो ?

यो पनि