जेठ ०६, २०८१, आइतबार
               

मध्यबानेश्वरबाट ६ जना जुवाडे पक्राउ

नेपाल फ्ल्यास
साउन २६, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको मध्य बानेश्वरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी भीमबहादुर लामा नेतृत्वको टोलीले रामकृष्ण केसीको घरमा रहेको जुवा खालमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार उनीहरुका साथबाट ४ लाख ४८ हजार ५ सय नगद बरामद भएको छ । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए ।


कस्तो लाग्यो ?

यो पनि