बैशाख १५, २०८१, शनिबार
               

खोलाले बगाउँदा आमा-छोराको मृत्यु, यसरी जोगिए अर्का छोरा

नेपाल फ्ल्यास
साउन २५, २०७८

ADVERTISEMENT

दाङ । दाङको ग्वारखोलामा आएको बाढीले बगाएर आमा-छोराको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-४ सिस्नेरीकी ३६ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्तीको ग्वार खोलामा आएको बाढीले बगाएर सोमबार मृत्यु भएको हो ।

खोला तर्न नसकेर किनारमै छोडिएका ६ वर्षका छोराको भने ज्यान जोगिएको छ ।

तुलसीपुर–१९ पतेनीमा माइत जाने क्रममा सोमबार दिउँसो साढे २ बजे ग्वारखोलाले बगाउँदा आमा-छोराको मृत्यु भएको हो ।

स्थानीय ग्वारखोला तर्ने क्रममा त्यसमा आएको बाढीले आमा-छोरालाई बगाएको थियो । आमाको शव घटनास्थल भन्दा दुई किलोमिटर दक्षिणमा र छोराको शव एक किलोमिटर दक्षिणमा फेला परेको थियो । 

इप्रका तुलसीपुरका अनुसार घर्तीले आफ्नो जेठो छोरो ६ वर्षीय हर्क घर्तीलाई भने खोलाको किनारमा धकेलेर जोगाएकी थिइन् ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार आमा-छोरा बाढीमा बढेको सूचनापछि सोमबार दिउँसो तुलसीपुरस्थित प्रहरी चौकी बिजौरीका प्रहरी नायब निरीक्षक माधव श्रेष्ठसहित पाँच सदस्यीय प्रहरी टोलीले छुट्टाछुट्टै स्थानबाट आमा-छोराको शव फेला पारेको थियो ।

सोमबार दिउँसोदेखि बेलुकासम्म दाङ जिल्ला र आसपाका क्षेत्रमा ठूलो वर्षा भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि